हुम्लामा पाँच जनप्रतिनिधिले त्यागे एमाले
हुम्लामा स्थानीय तहका पाँच जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

सिमकोट। हुम्लामा स्थानीय तहका पाँच जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जिल्ला समन्वय समितिका एक प्रतिनिधि, गाउँपालिकाको कार्यपालिका सदस्यसहित वडामा निर्वाचित पाँच जनाले नेकपा एमाले त्यागेका हुन् ।

जिल्ला निर्वाचन अधिकारी ओमप्रकाश महत्तोले नेकपा एमालेबाट विजयी पाँच जना सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको बताए । जिल्ला समन्वय समितिका सदस्य अजबिर शाहीले आफूले एकीकृत समाजवादी रोजेको बताएका छन् ।

उनीलगायत अदानचुली गाउँपालिकाकी कार्यपालिका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले एमाले त्यागेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.