काठमाडौं । विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाएको छ ।
बुधबार निर्वाचन आयोगले रवीन्द्र पक्षले गरेको विधान संशोधन र केन्द्रीय समितिलाई वैद्यता दिई सोहीअनुरुप प्रमाणपत्र दिएसँगै विवेकशील साझा पार्टीका मिश्र पक्षले वैद्यता पाएको हो ।
मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको थियो ।
योसँगै विवेकशील साझा पार्टी संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ । यसका अलावा संयोजक मिलन पाण्डेको अधिकार पनि खोसिएको छ ।
यद्यपि विवेकशील साझाका संयोजक मिलन पाण्डेले आफू निर्वाचन आयोगविरुद्ध अदालत जाने बताएका छन् ।