काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको थिमीका पुरातात्विक तथा पर्यटकीयस्थलको तस्वीर पुस्तकको विमोचन गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले बुधबार मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नाम दिइएको सो तस्वीर पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा मध्यपुर थिमीका कला, संस्कृति, पुरातत्व र पर्यटन झल्कने ऐतिहासिक स्थलहरूको तस्वीर समेटिएको छ । कला र सम्पदाका हिसाबले धनी मानिएको थिमीका सम्पदाको जर्गेनामा स्थानीय सरकारले गरेका कामको कार्यक्रममा चर्चा गरिएको छ ।
कार्यक्रममा ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।