समावेशिता कार्यान्वयन गर्ने पार्टी माओवाेदी मात्र हाे : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट मन्त्री बन्नेले राम्रो काम नगरे कारबाही गर्ने बताएका छन् । 

बुधबार नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समावेशी कार्यान्वयन गर्ने पार्टी माओवादीबाहेक अरु कोही नभएको बताउँदै उनले बताएका हुन् ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै विगतमा चुनावमा जाने क्रममा घोषणापत्र बनाएको बताउँदै सोको कार्यान्वयनमा शासकले तदारुक्ता नदेखाएको बताए । ‘विगतमा हामीले घोषणा बनायौँ । कार्यान्वयन गर्नेले कार्यान्वयन गरेनन् । तर, अहिले भन्ने बेलामा लालपूर्जा दिन ठिक्क पारेका बेला हामीलाई सरकारबाट हटाए ।’ ओलीप्रति इंगित गर्दै दाहालले भने । 

गठबन्धनको सरकार बनेपछि देउवा नेतृत्वको सरकारले सर्वप्रथम भूमि आयोग गठन गरेको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.