६० लाख डोज खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा पठाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ ।

विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोर– किशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.