कुरुक्षेत्रको धाक नलगाउन ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डतर्फ इंगित गर्दै कुरुक्षेत्र बनाउने भनेर धाक नलगाउन चेतावनी दिएका छन् । 

ओलीले बिहीबार भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केही दिन अघिको चितवनमा दिएको प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । 

केही दिनअघि गृह जिल्ला पुगेका प्रचण्डले एमालेको महाधिवेशन र राम, सीता र हनुमानको मूर्ति यहाँ ल्याएर राखेको बताउँदै चितवनमा महाभारत युद्ध हुने बताएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.