नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जना बिहीबार राति जुवाखालबाट पक्राउ परेका हुन् । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ । जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.