आयुष र एलिनाको रोमान्टिक गीत सार्वजनिक(भिडियो)

काठमाडौँ । गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियो पनि रोमान्टिक बनेको छ ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरी हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोमा सारा लोहोरुङ्ग राई र आयुष अर्याल फिचर्ड छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

भिडियोः

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.