काठमाडौं । इंग्लिस प्रिमियर लिगमा गए राति भएको एक मात्रै खेलमा साउथह्याम्टनले पाँचौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले एस्टोन भिल्लालाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनको जितमा एडम आर्मस्ट्रङले निर्णायक गोल गरे । अडमले खेलको तेस्रो मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । बाँकी समय दुबै टोलीले गोल गर्न सकेनन् र घरेलु टोलीले महत्त्वपूर्ण तीन अंक जोड्यो ।
जारी लिगमा एस्टोन भिल्लाको यो लगातार पाँचौं हार हो । यो जितपछि साउथह्याम्टनले ११ खेलमा १४ अंक बनाउँदै तालिकाको १२औं स्थानमा पुगेको छ । १५औं स्थानमा रहेको एस्टोन भिल्लाको ११ खेलमा १० अंक छ ।