थप एक सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुल तीन हजार नौ सय ३२ जनाको नमुना परिक्षण गर्दा एक सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाले एक जनाको ज्यान गएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ जना रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.