गठबन्धन टुट्दैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले गठबन्धन आगामी चुनावसम्मै जाने बताएका छन् ।

एमसीसी, न्यायालय विवादजस्ता विषयसँग जोडेर सरकार र गठबन्धनको भविष्यलाई लिएर चासोका साथ हेरिरहेका बेला क्विक नेपालसँग गुरुङ यस्तो बताएका हुन् ।

‘गठबन्धन तत्काल टुट्ने कुनै कारण छैन । तसर्थ गठबन्धन सुरुमा जुन उद्देश्य र सहमतिबमोजिम बनेको थियो । सोहीबमोजिम अघि बढ्छ ।’ गुरुङले भने ।

कात्तिक १५ र १६ मा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई स्वदेश फर्किने क्रममा एमसीसी पास गराउन आफू र प्रचण्डले चिठी नै काटिसकेको बताएका थिए ।

यद्यपि प्रधानमन्त्रीकाे भनाइलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले खण्डन गरेका छन् । यसअघि माओवादी र नेकपा एकीकृत समाजवादी एसीसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने पक्षमा थिए ।

तर, कांग्रेसले यसअघि नै एमसीसी पास गर्नु पर्छ भन्नेमा अडान लिँदै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.