देउसी खेल्न गएका युवाको लडेर मृत्यु

महोत्तरी । देउसी– भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

२० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर रामनगरतर्फ गएका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.