कांग्रेसजनले किन मन पराए महाधिवेशनलक्षित ओलीको व्यंग्य ?

काठमाडौँ ।  शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन तोकिएको समयमा हुने बताए ।

देउवाले तोकिएको समयमा महाधिवेशन हुने बताइरहँदा कांग्रेस महाधिवेशन तोकिएको मिति पाँचौँ पटक कार्यतालिका सरेको छ । जुन क्रम डेढ वर्षदेखि जारी छ ।

पार्टी विधानअनुसार कांग्रेस महाधिवेशन प्रत्येक चार वर्षमा हुनुपर्ने प्रावधान छ । कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिले २०७६ फागुनमै चार वर्ष कटाइसकेको छ ।

चार वर्षमा अधिवेशन गर्न नसकिए एक वर्ष थप गर्न मिल्ने विधानको सुविधा उपयोग गर्दै कांग्रेसले संविधानको ६ महिनाको समयसीमासँगै साढे पाँच वर्षको अवधि २३ भदौमा गुजारिसकेको छ ।

भदौ १५ बाट सुरु वडाअधिवेशन अझै जारी रहनुले पनि कांग्रेस महाधिवेशन तोकिएको समयमा हुन्छ वा हुँदैन भन्नेमा आशंका अझ बढाएको छ ।

देउवाको गृह जिल्लामै वडाअधिवेशन विवादरहित हुन सकेन । आफ्ना छोरा जयवीरलाई क्रियाशील सदस्य प्रदानका लागि शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि छ। महाधिवेशनको कार्यतालिका नजिकिँदै गर्दा क्रियाशील सदस्यलाई लिएर रौतहटमा १०४ दिनदेखि अनसन जारी छ ।

तीन महिनाका बीच १३ जिल्लामा अझै वडा अधिवेशन सुरु नै भएको छैन भने बारा र रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन ।

वरिष्ठ नेता पौडेलका अनुसार यी सबै कांग्रेसमा देखिएको यो सबै बेथिति सभापति शेरबहादुर देउवाका कारण सिर्जना भएको हो । जसका कारण पौडेल अझै निर्धारित मितिमा महाधिवेशन हुनेमा आशंका गर्छन् ।

वर्तमान नेतृत्वकै कारण कांग्रेसको भविश्य अन्धकारउन्मूख भएको उनको आरोप छ । आफूले विगतदेखि पार्टी सुद्धीकरणका लागि पहल गरे पनि सोलाई नेतृत्वले बेवास्था गरेको उनले बताउँदै आएका छन् ।

केही दिनअघि कांग्रेसको महाधिवेशनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशन गर्न नसक्ने गरी बुढो भएको भनी व्यंग्य गरे ।

विधानको व्यवस्थाअनुसार महाधिवेशन गर्न नसकेर थपिएको ६ महिनामा पनि घिसिपिटी गर्ने लोकतान्त्रिक पार्टी पनि छ यो मुलुकमा भनी कंग्रेसप्रति ओलीले गरेको व्यंग्यलाई एमालेले मात्रै नभएर कतिपय कांग्रेसले पनि समर्थन जनाए ।

प्रतिपक्षी नेकपा एमालेले सत्तारुढ दललाई गरेको व्यंग्यमामा उनको दलका नेता तथा कार्यकर्ताले समर्थन जनाउनु स्वाभाविकै हो । तर, ओलीले कांग्रेसप्रति गरेको व्यंग्यलाई कांग्रेसजनले नै समर्थन गर्ने अवस्था कसरी आयो ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.