जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।  

शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरुलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार राप्ती-१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.