राष्ट्रपति भेट्न ओली शीतल निवासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् । आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।

चाडपर्व सकिए लगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् ।

ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दै ओलीका सहयोगी रामशरण बजगाईंले भने, ‘राष्ट्रपति र अध्यक्ष ज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.