काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।
बसमा सवार अन्य १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको थियो ।
९ जनाको मृत्यु भइसकेको छ । हामी घटनास्थलमा नै छौं । तीब्र गतिको कारणले गर्दा बस दुर्घटना भएको प्ररम्भिक रुपमा बुझिएको छ । थप जानकारी अनुसन्धानबाट खुल्छ, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
बसमा सवार २६ जना यात्रु रहेको खुलेको छ । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको जानकारी दिए ।