कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं ।  नेपाली काँग्रेसले २८ गतेका लागि  केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार कांग्रेस मुख्यालय सानेपामा कात्तिक २८ गते आइतबार दिउँसो १ बजेका लागि सो बैठक आह्वान गरिएको हो । 

बैठक पार्टीको आसन्न महाधिवेशनमा केन्द्रित हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.