कांग्रेस अधिवेशन : वडाअधिवेशनका लागि तोकिए १३ जिल्लामा निर्वाचन अधिकृत

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत वडाअधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रदेश-२ का आठ जिल्ला र कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडाअधिवेशनका लागि कांग्रेसले निर्वाचन अधिकृत तोकेको हो । 

जसअन्तर्गत कैलालीमा टेकप्रसाद सुवेदी,बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठ, सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई तोकिएको छ । 

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.