काठमाडौं । कोरोना कहरमा रिलिज रोकिएको फिल्म चपली हाईट–३ आगामी पुसको २ गतेबाट रिलिजमा आउने भएको छ । निर्माता अर्जुन कुमारका अनुसार पुस २ गते बाट फिल्म रिलिज गर्न लागिएको हो ।
चपली हाईट र चपली हाईट–२ पछि निर्माता अर्जुन कुमारले चपली हाईट ३ को निर्माण गरेका हुन् । पुस २ गतेृ जोखिम रहेपनि फिल्म रिलिज गर्नुपर्ने अवस्था भएकोले फिल्म रिलिजको मिति तय गरेको निर्माता अर्जुनले बताए ।
कारोना पूर्व नै निर्माण सम्पन्न भएको फिल्म चपली हाईट–३ को पटम–पटम रिलिज मिति सर्दै आएको छ । यो पटक भने फिल्म रिलिज हुने अर्जुन कुमारले दावी गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायत कलाकार मुख्य भूमिकामा छन् ।
निकेश खड्काको निर्देशन रहेको फिल्म रोमान्स थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गर्ने निर्माता अर्जुनले बताएका छन् । उनी चलचित्र विकास बोर्डका सदस्य पनि हुन् ।