थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३ सय ७१ जना र एन्टिजन परिक्षण गर्दा १९ जना गरि जम्मा ३ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएको हो।

त्यस्तै, २४ घण्टामा ४ सय २५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यसैसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । आज कोरोनाले ५ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक हजार ९१७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६५७ रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.