मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज

काठमाडौं । मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा विहान ११ बजे सुरु हुनेछ ।

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पूँजी शतप्रतिशत हकप्रद निष्काशन गर्ने एजेन्डा पेस हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.