अवैध वित्तीय कारोबार गर्ने एक युवक पक्राउ

काठमाडौं । अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवक पक्राउ परेका छन् । 

वीरगन्जबाट प्रहरीले  स्रोत नखुलेको ठूलो रकमसहित बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह पक्राउ परेका हुन्।

साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.