काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।
पेरिस डाँडामा जारी बैठक समसामयिक राजनीतिक परिस्थिति आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको बताइएको छ ।
केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने टाइम लाइन तोकेको छ ।
यसैबीच सोमबार मात्रै सत्तारुढ दलले गठन गर्ने भनेर गरिएको राजनीतिक संयन्त्रका बारेमा समेत बैठकमा छलफल हुनेछ ।