काठमाडौं । नेप्से परिसूचक ७९ अंकले घटेर २७ सय ४९.८५ बिन्दुमा झरेको छ ।
ठूला कम्पनीको कारोबारमापन सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले घटेको छ भने यस दिन सेन्सेटिभ इन्डेक्स १६.०२ अंकले घटेर ५१२.८२ बिन्दुमा झरेको छ।
यसदिन कारोबारमा आएका २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर ६ अर्ब ५२ करोड ७७ लाख मूल्य बराबरमा खरिदबिक्री भयो ।