काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न आग्रह गरेका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार विहान शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौति दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने आग्रह गरे ।
सो क्रममा उनले विगतमा आफूलाई जेल हालेको स्मरण गर्दै भने, पूर्वराजा शाहतर्फ इंगित गर्दै भने, 'गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो । हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन् । त्यसकारण अगाडि बढे भइहाल्यो नि । मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?'
पालमा अहिले सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको देउवाले बताए । 'अहिले सबैभन्दा राम्रो संविधान छ । समावेशी, समानुपातिक छ । सबैलाई अटाएको छ । केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’