फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी(ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।


ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी– २० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ ।

इंग्ल्यान्ड सुपर – १२ को समूह– १ बाट पाँच खेलमा चार जित र एक हारसहित आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो ।

समूह– २ बाट न्यूजिल्यान्ड पाँच खेलमा चार जित र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हो ।

इंग्ल्यान्डका ओपनर जेसन रोय चोटका कारण विश्वकप बाहिर छन् । अर्को सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.