माओवादीका नेता रामचन्द्र झा एसमा प्रवेश गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्वमन्त्री रामचन्द्र झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।

यसअघि नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेका झा बुधबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

झा पहिलो संविधानसभा विघटनपछि माओवादीमा प्रवेश गरेका थिए । झालाई मंसिर ७ गते धनुषामा झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ ।

झाले माओवादी अध्यक्ष दाहालसँग औपचारिक रुपमा बिदा मागिसकेको बुझिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.