काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लिन आग्रह गरेका छन् ।
एमसिसीलाई लिएर नेपाली राजनीति भइरहेका बेला बुधबार गौतमले एक विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको बताउँदै अमेरिकालाई यस्तो आग्रह गरेका हुन् ।
‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले बुधबार विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।