काठमाडौं । छठ पर्वको आज मुख्य दिन कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । छठ मुख्यतया: मधेसी समुदायमा मात्रै मनाउने गरिए पनि पछिल्लो समय मुख्य–मुख्य सहरमा विभिन्न सम्प्रदायले पनि मनाउन थालेका छन् । त्यस क्रममा राजधानी काठमाडौंको कमलपोखरी स्थित छठ मनाउनेहरुको भीड लागेको छ । छठ पर्वमा सूर्यको पूजाअर्चना गरिन्छ । छठ पर्वमा व्रत बसी सूर्यको उपासना गरे चर्म रोग निको हुने, सोचेको पुग्नेजस्ता जनविश्वास रहेका छन् ।
तस्बिर:









