के भयो कोप-२६ मा

काठमाडौं । अहिलेसम्म १ सयभन्दा बढी विश्व नेताहरूले सन् २०३० सम्ममा वन फँडानी अन्त्य गर्ने र वृक्षरोपण गर्ने वाचा गरेका छन् । नेपालले सन् २०३० सम्म वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याउने प्रण गरेको छ । 

अमेरका र युरोपेली संघ (ईयू) ले सन् २०३० सम्ममा हरितगृह ग्यास मिथेन उत्सर्जन कम गराउनका लागि विश्वव्यापी रूपमा सहकार्य गर्ने घोषणा गरेका छन् । वायुमण्डलमा मिथेन कम गर्नुलाई छिट्टै विश्वव्यापी तापमान घटाउने उत्तम उपायहरूमध्ये एक मानिन्छ । 

४० भन्दा बढी राष्ट्रहरूले कोइलाको प्रयोगबाट टाढिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तर विश्वका सबैभन्दा ठूला कोइला प्रयोगकर्ता चीन र अमेरिका भने त्यो प्रतिबद्धतामा जोडिएका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.