१२ औँ जनगणना सुरु : राष्ट्रपति भण्डारीले दिइन् विवरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण लिएर १२ औँ जनगणना सुरु भएको छ ।

राष्ट्रपति भण्डारीको जनगणना लिएर १२ औँ जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणना गर्न तथ्यांकका लागि विभागका गणक शीतलनिवासमा पुगेका थिए ।

गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयमले जवाफ दिएकी थिइन् ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेको विभागले जनाएकाे छ ।

बिहान ९ बजे गणक टोली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरिएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिँदै छ । 

‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशैभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.