काठमाडौं । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ भएकोमा बिहिबार एक हजार ३ सयले बढेर प्रतितोला ९४ हजार कायम भएको हो ।
बिहिबार छापावाल सुन प्रति १० ग्रम ८ हजार ५ सय ९० कायम भएको महासंघले जनाएको छ । यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको छ । त्येस्तै तेजाबी सुन प्रति १० ग्रम ८ हजार एक सय ६० रुपैयाँ कायम भएको हो ।
बिहीबार चाँदीको मूलयमा सामन्य बृद्दि आएको छ । आज चाँदीको मुल्य प्रतितोला एक हजार २ सय ७० कायम भएको महासंघले जनाएको छ । त्येस्तै चाँदी प्रति १० ग्रम एक हजार ८९ रुपैयाँ कायम भएको हो ।