एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना चयन

तेह्रथुम । नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घोषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेको थिएन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.