काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितको विद्यार्थी संगठनले सो आग्रह गरेका हुन् ।
शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।
विद्यार्थी संगठनले आमजनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको उनीहरुको आरोप छ ।
विद्यार्थी संगठनले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका छन् ।