राप्रपा अधिवेशन : नेतृत्व चयन हुन नसक्दा भक्तपुरमा विवाद

काठमाडौं । राप्रपा अधिवेशनका क्रममा भक्तपुरमा विवाद भएको छ । ७६ जिल्लामा नेतृत्व चयन कार्य सम्मपन्न गरे पनि भक्तपुरमा नेतृत्व चयनमा विवाद हुँदा भक्तपुरमा विवाद भएको  हो । 

भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ । तर, क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकिरहेको छैन । यो विवाद राप्रपा एकताको प्रभावको रुपमा रहेको बुझिएको छ । 

पार्टी एकता भएसँगै राप्रपाले देशभरका संगठन समायोजनलाई तीव्रता दियो । सोअनुसार भक्तपुरमा भने समायोजनको क्रममा विवाद आएको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.