काठमाडौं । कांग्रेस १४औँ महाधिवेशनमा सभापतिमा उम्मेद्वारी घोषणा गरेका प्रकाशमान सिंह रामचन्द्र पौडेल समूहबाट छुट्टिने सम्भावना बढेको छ ।
आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका सिंहले महाधिवेशन केन्द्रित बैठक बहिस्कार गर्ने निर्णय गरेसँगै सो सम्भावना बढेको हो ।
वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाएका छन् ।
पछिल्ला केही सार्वजनिक कार्यक्रममा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाक्न नसक्ने बताउँदै आएका छन् ।