सबैभन्दा बढी संक्रमित कुन जिल्लामा ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नौ हजार एक सय ३४ जनामा पिसिआर परीक्षण र एक हजार नौ सय ३२ जनामा एन्टिजेन परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १२५, ललितपुरमा ४२, रुपन्देहीमा ३१, कास्कीमा १६, कैलालीमा १२, सुनसरीमा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.