तीन तहको चुनाव अघिसम्म पार्टी सभापति बनेर नेतृत्व हस्तान्तरण गर्छु :पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका छन् ।

शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेता पौडेलले यस्तो सो प्रस्ताव अघि सारेका हुन् । शुक्रबार पौडेलले आफूनिकटस्थ केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । 

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ। तर, पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दाबेदारका रुपमा अघि सरेका छन् । 

‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पूरा कार्यकाल सभापति बन्दिनँ । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर बिदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.