काठमाडौं । निर्देशक ठण्डबहादुर अधिकारी (सास)ले गाउँगाउँमा सासको नाट्य अभियानअन्तर्गत महिला जागरुक गर्ने उद्देश्यले नाट्य अभियान सञ्चालन गरेका छन् ।
२०७२ सालको भूकम्पपछि सुरुवात भएको सो नाट्य अभियान कोरोना महामारीबाट तंग्रिँदै गरेको समाजमा रंगमञ्चलाई पुन:स्थिपत गर्ने उद्देश्यले पुन: मञ्चन अभियान अघि बढाएको विश्व घिमिरेले जानकारी दिए।
कोरोना कहरबाट सहजता हुँदै गएको अवस्थामा आमनेपालीमा नेपाली कल्चर, नेपाली चलचित्र र नाटकमा अभ्यसत गराउनका लागि पनि सासले यो नाटक पुन: मञ्चन गरी गाउँगाउँमा रंगीन अभियान चलाउन लागेको उनले बताए ।
अभियान ७७ वटै चलाउने योजना रहेको बताउँदै उनले तिहारअघि ललितपुर, भक्तपुर र काभ्रेमा पुन: मञ्चन भएको बताए ।
विगतमा ११ वटा इपिसोड सञ्चालन गरेको जानकारी दिँदै पुन: मञ्चन भने १२ इपिसोड हुने उनले बताए ।
हरेक इपिसोडमा फरक-फरक विषय समेटेर पुन: मञ्चन हुने जानकारी दिँदै उनले सुरुवाती चरणमा भाउजूको व्यथा, आरुबारीको फूल, नाङ्गो बस्ती क्रमश: ललितपुर भक्तपुर र काभ्रेमा मन्चन भइसकेको बताए ।
उनका अनुसार दोस्रो चरणमा धादिङ, मकवानपुर, सिन्धुलीलगायत जिल्लामा हुनेछ भने तेस्रो चरणमा पूर्वतिर नाटक मञ्चन गर्ने कार्यक्रम छ ।
भाउजूको व्यथामा एक्कल महिलाहरुले समाजमा भोग्नु परेको पीडाको समेटिएको छ भने नाङ्गो बस्ती नाटकमा समाज पुरुषविहीन हुँदा लास पनि महिलाले उठाउनुपरेको विषयलाई समेटिएको छ।
यसैअनुरुप अन्य इपिसोडमा पनि फरक फरक विषय समेटेर नाटक मञ्चन हुने उनको भनाइ छ ।