शिक्षा मन्त्रालयका उपसचिव ढुण्डीराजको निधन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।

शुक्रबार उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । यस्तै आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा.हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.