काठमाडौं । एकीकृत समाजवादी पार्टीका महासचिव तथा बागमती प्रदेशमा मुख्य मन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मन्त्रालयको संख्या बढाउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
शनिबार एकीकृत समाजवादी पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकलाई संबोधनका क्रममा कुल सांसदको २० प्रतिशत मात्रै मन्त्री बनाउनुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाका कारण मन्त्रालयको संख्या बढाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका हुन् ।
अघिल्लो सरकारले गरेका विद्युतीय बस, सुरुङमार्गलगायत अनावश्यक कार्यको क्रमभंगता गरेको बताउँदै आफूहरुले छात्राहरुलाई पढ्ने वातावरण सिर्जना गरेको बताए ।
ननस्किलबाट वार्षिक नौ अर्ब भित्रिने गरेको बताउँदै प्रदेश सरकारले सीपसहित विदेश पठाउने रणनीतिबमोजिम वर्कआउट प्रक्रिया अघि बढाएको उनले बताए ।