काठमाडौं । नेकपा एमाले हुम्लाले एमालेको १०औँ महाधिवेशनमा सहभागिता जनाउने प्रतिनिधिको नामावली टुंगो लगाएको छ ।
महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामांग, सौमती ऐडी रुपा शाही छन् ।
त्यसैगरी, दलितको तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
नेकपा एमालेको आगामी महाधिवेशन यही मंसिर १०-१२सम्म चितवनमा हुँदै छ ।