अदालतमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : यादव

काठमाडौं  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने बताएका छन् । 

शनिबार विराटनगर विमानस्थलमा भएको सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा सर्वोच्चको फैसला चाँडै समाधान हुने बताउँदै यादवले यस्तो बताएका हुन् ।

उनले भने, ‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन ? त्यसकारण न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिकर्मीले न्यायालयभित्र हस्तक्षेप गर्नुहुँदैन । त्यसकारणले आ–आफ्नो दायराभित्र रहेर समस्यालाई हल गर्नुपर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन । कहीँ पनि दुनियाँमा यस्तो चलन छैन ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.