काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एकीकृत समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बन्न नसक्ने बताएका छन् ।
शनिबार भएको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठकलाई संबोधनका क्रममा खनालले यस्तो बताएका हुन् ।
मार्क्सवाद, लेलिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको बताउँदै उनले भने, ‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेलिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ ।’