प्रेस चौतारीबाट एमाले महाधिवेशनका लागि पाँच प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले १०औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन गरेको छ । नेकपा एमालेले १०औं महाधिवेशनका लागि जनवर्गिय संगठनहरुबाट पाँच जना प्रतिनिधि जान पाउने व्यवस्था गरेपछि प्रेस चौतारी नेपालले सर्वसम्मत रुपमा पाँच जना प्रतिनिधिको चयन गरेको हो ।

प्रतिनिधिहरुमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष गगन बिष्ट, सह–अध्यक्ष गणेश पाण्डे, निर्मला शर्मा र टीका विष्ट चयन भएका छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । देशेभैरबाट एमालेले प्रतिनिधिको चयन गरिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.