पुजा र पलको `म यस्तो गीत गाउँछु २´ माघ १९ मा रिलिज हुने

काठमाडौं । नायिका पुजा शर्मा र नायक पल शाहको अभिनय रहेको लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गतेबाट रिलिजमा आउने भएको छ ।  

कोरोना कहरका कारण रिलिज मिति रोकेको फिल्महरु रिलिज हुने क्राममा छ । सुदर्शन थापाले निर्देशन गरेको म यस्तो गीत गाउँछु २ माघ १९ मै रिलिज गर्ने गरी बितरकहरुसँग छलफल भएको निर्देशक थापाले बताएका छन् ।  

बलिउड फिल्म सुर्यबंशी रिलिज पश्चात नेपाली फिल्महरुले रिलिज डेट तय गतिरहेको छ । सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

जन्मजय सपाङ राई सह-निर्माता रहेको फिल्ममा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.