चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ । २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो ।
महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार केन्द्रीय सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा उत्पीडन क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।
महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन(१ बाट १० जना, २ बाट नौ जना, ३ बाट सात जना र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जना छनोट भएका हुन् । एमालेको १०औँ महाधिवेशन १(–१२ )मंसिरसम्म चितवनमा हुँदै छ ।
महाधिवेशन प्रतिनिधिको नामावलीको तथ्याङ्क यस्तो छ :
निर्वाचन क्षेत्र नम्बर १:
(खुलातर्फ) जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस) नारायण वन, यादव पाठक, कमल पाठक
(महिलातर्फ) प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी
क्षेत्र न.२ बाट:
(खुलातर्फ) कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने
(महिलातर्फ ) सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल
क्षेत्र ३ बाट:
(खुलातर्फ) हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना
(महिलातर्फ) पार्वती रावल, सरस्वती विष्ट
दलित तथा उत्पीडन क्षेत्रबाट शिवकुमारी गोतामे, श्यामलाल विक रहेका छन् ।