भुसालको गृहजिल्लामा महाधिवेशन प्रतिनिधि छान्न सकस

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा महाधिवेशन प्रतिनिधि छान्न सकस भएको छ।

घनश्याम भुसालको गृहजिल्लाका पाँचमध्ये दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि टुंग्याउन सकस भएको हो । क्षेत्र नम्बर २, र ५ मा सर्वसम्मत प्रतिनिधि छानिए पनि क्षेत्र नम्बर-१ मा मतदानबाट टुंगो लगाइएको छ। 

घनश्याम भुसालको क्षेत्र रुपन्देही ३ र मर्चवार क्षेत्र रुपन्देही ४ मा अझै प्रतिनिधि टुंगिन सकेका छैनन्। क्षेत्र नम्बर ३ बाट ममता पौडेल र उमा अधिकारी सर्वसम्मत चयन भएका छन्। भुगोलबाट चुनिने ४ मध्ये क्षेत्र नम्बर ३ ‘क’ बाट विश्वराज बराल अनुप र हितराज पन्थीको नाममा टुंगो लागेको छ।

३ ‘ख’ का प्रतिनिधिमा सहमति हुन सकेको छैन। ३ ‘ख’ बाट २ जनाको लागि ८ जना उमेदवार रहेका छन्। उमेद्वारहरुबीच सहमति प्रयास भइरहेको एमाले प्रदेश कमिटी सदस्य राजेन्द्र पन्थीले बताए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.