पार्टी सदस्यबाट एमालेले उठायो ३ दिनमा ५ लाख

काठमाडौं । नेकपा एमालेले १० औँ महाधिवेशनका लागि पार्टी सदस्यबाट चन्दस्वरुप तीन दिनमा पाँच लाख उठाएको छ । 

शुक्रबार साँझदेखि इ-बैंकिङ प्रणालीबाट चन्दास्वरुप रकम संकलन सुरु गरेको नेकपा एमालेको खातामा आइतबार दिउँसोसम्म पाँच लाख रकम जम्ममा भएको हो ।

महाधिवेशनका लागि चन्दा उठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ लिदैछ । आठ लाख पार्टी सदस्यबाट सय रुपैयाँका दरले उठाउने र बाँकी महाधिवेशन प्रतिनिधिबाट संकलन गर्ने एमालेले निर्णय गरेको छ ।

एमालेले पार्टी सदस्यहरुले मोबाइल बैंकिङ प्रणालीबाट शुल्क जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.