काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्ने भएको छ । बूढानीलकण्डमा बस्ने बैठक महाधिवेशन केन्द्रित हुने बताइएको छ ।
केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक बसेको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिमा बैठकले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन र महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्ने कार्यतालिका छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुँदैछ ।